सडक पहुँचपछि खरी उत्खनन सहज
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १८:४७:४८
२६ फागुन, दार्चुला । दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो ।
दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताए । विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन सहज भएको हो ।
यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैले काटेको छ । अहिले खानीसम्म ट्याक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टको भनाइ छ । कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदूर अभावले लक्ष्य अनुसार खरी उत्खनन हुन नसकेको उनको भनाइ छ । “अहिलेसम्म एक हजार टन खरी उत्खनन गरिएको छ”, उनले भने, “मजदूर अभावले उत्खननमा ढिलाइ भएको छ ।”
गत वर्ष कम्पनीले ४५० टन खरी भारत निकासी गरेको थियो भने एक हजार टन खरी स्वदेशमै बिक्री गरेको हो । कम्पनीले धनगढीस्थित सुपखरी ढुङ्गा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ । यो वर्ष मजदूर अभावले थोरै ढिलाइ हुँदै छ । स्थानीयवासीले रोजगारी पाए पनि पर्याप्त मजदूर पाउन सकेका छैनन् । दुहुँका स्थानीयवासी लोकेन्द्रबहादुर बमले खरी खानी उत्खननपछि दुई वर्षयता स्थानीयले यही क्षेत्रमा थोरै थोरै काम पाउन थालेका छन् भन्छन् । “विगतमा कामको लागि भारत जानेलाई यही क्षेत्रमा काम दिलाउन सके सहज हुन्छ”, उनले भने ।
कम्पनीले खरी उत्खननको मात्रा बढ्यो भने छिट्टै भारत निकासीको लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २०७४ पुस २० गतेबाट खरी उत्खननको काम थालनी गरेको थियो । विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिजपदार्थ उत्खननको सम्भावना देखाए पनि लामो समयपछि मात्र खानी उत्खनन शुरु भएको हो ।
अहिले यो खानीमा १० जनासम्मले दिनमा काम गर्दैछन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन गरिने छ । यहाँको ५.८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले यस क्षेत्रमा खरीको सम्भावना रहेको जनाएको छ । यो क्षेत्रबाट १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ । दुहँु गाउँपालिकाले १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन् गरिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार