आइतबार , बैसाख ५, २०७८

सम्झनामा समाजवादी आन्दोलनका अथक योद्धा कुवेर शर्मा

सम्झनामा समाजवादी आन्दोलनका अथक योद्धा कुवेर शर्मा

२६ फगुन, काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, वरिष्ठ समाजवादी नेता कुवेर शर्माको ८१ बर्षको उमेरमा गत शुक्रवार साँझ निधन भएको छ । नेपालकै पहिलो चार्टड एकाउण्टेन्ट रहेका शर्मा नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखिनै क्रियाशिल थिए ।

सप्तरीको राजगढ नयाँ टोलमा मुल घर भएका शर्मा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै निरन्तर क्रियाशिल नेताका रुपमा चिनिन्छन् । २०४६ सालको जनआन्दोलन पछि सप्तरीको क्षेत्र नं. ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य बनेका शर्मा नेपाली कांग्रेसको सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बनेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वीपी, किसुनजी र गणेशमानजीलाई आदर्श मान्ने नेता कुवेर शर्मा सच्चा समाजवादी नेताका रुपमा आफुलाई उभ्याउन सफल भएका थिए ।भ्रष्टाचारको नामै सुन्न नचाहने नेता शर्माले लाउडा एयरको भ्रष्टाचार काण्डमा आफ्नाे पार्टी नेपाली कांग्रेस र त्यसका नेताहरु मुछिएपछि २०५३ सालमा कांग्रेस पार्टी नै परित्याग गरेका थिए । भ्रष्टाचार बिरुद्धको आन्दोलनलाई थप उचाईमा पुर्याउन नेता शर्माले आफ्नै नेतृत्वमा हरियाली नेपाल पार्टी दर्ता गरि आफ्ना गतिबिधिहरु सञ्चालन गर्दै आईरहेका थिए ।

नेपाली कांग्रेस भित्र नातावाद र कृपावाद झांगिदै गएपछि आफुलाई सो पार्टी भित्र बस्न आफ्नो नैतिकताले नदिएको भन्दै नेपाली कांग्रेस परित्याग गरेका नेता शर्माको बाटुलेघर एक समयमा नेपाली कांग्रेसकै आस्थाको केन्द्रको रुपमा रहेको थियो । पूर्व मन्त्री शर्मालाई स्पष्ट बिचार राख्ने, एक ईमान्दार र योग्य ब्यक्तिका रुपमा लिईन्छ । समाजवादी आन्दोलनमा सि.के.प्रसाईसँगै समाजवादको ब्याखाताका रुपमा पहिचान बनाएका उनै बहुप्रतिभाशाली नेता कुवेर शर्माप्रति हार्दिक श्रद्धाशुमन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय