शुक्रबार , बैसाख १०, २०७८

पृथ्वीले बनाए शतक, खेले एक सय ६५ रनको पारी

पृथ्वीले बनाए शतक, खेले एक सय ६५ रनको पारी

२७ फागुन, काठमाडौं । भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्नाटकविरुद्ध पनि पृथ्वी शाले शतकीय पारी खेलेका छन् ।

मुम्बईका कप्तानसमेत रहेको उनले आज दोस्रो सेमिफाइनल खेलअन्तर्गत १ सय २२ बलमा १७ चौका र सात छक्कासहित १ सय ६५ रनको पारी खेलेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जारी प्रतियोगितामा पृथ्वीको लगातार दोस्रो शतकीय पारी हो । उनले यसअघि सौराष्ट्रविरुद्ध अविजित १ सय ८५ रनको पारी खेलेका थिए ।

जारी प्रतियोगितामै पृथ्वीले दोहोरो शतकसमेत बनाएका थिए । मुम्बईले दियो कर्नाटकलाई ३ सय २३ रनको लक्ष्य

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले कर्नाटकलाई ३ सय २३ रनको लक्ष्य दिएको छ । उसका लागि पृथ्वीले १ सय ६५ बाहेक साम्स मुल्नीले ४५, शिवम दुबेले २७, अहमनहाकिम खानले २५ र आदित्य तारेले १६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा विजयकुमार वैश्कले चार, प्रशिद्ध कृष्णाले तीन, रोनित मोर, श्रेयस गोपाल र कृष्णप्पा गौतमले एकरएक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय