आइतबार , बैसाख ५, २०७८

आगामी सरकारको नेतृत्वमा जसपाको दावी

आगामी सरकारको नेतृत्वमा जसपाको दावी

२८ फागुन, काठमाडौं । जनता समाजवादी दलले अब बन्ने सरकारको नेतृत्व आफैले दावी गर्ने धारणा सार्वजनिक गरेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको दलको बैठकले अब अन्य दललाई सहयोग गर्ने भन्दा पनि विकल्पको रुपमा आफुलाई प्रस्तुत गर्ने निश्कर्षमा निकालेको हो ।

जसपाले सत्ता समीकरण निर्माण अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने वा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने ठहर गरेको छ । यधपि आजको बैठकमा भने सत्ता समीकरणका विषयमा नेताहरुले फरक फरक धारणा राखेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकमा बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरुले ओलीको राजीनामा पछि मात्र सत्ता समीकरण निर्माणमा अघि बढनुपर्ने धारणा राखेका थिए भने राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरुले भने आफुहरुले उठाउँदै आएका माग संवोधन गराउने विषयलाई मुख्य प्राथामिकतामा राखेर समीकरण निर्माणमा लाग्नु पर्ने जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय