आज साँझदेखि पाल टेलिभिजनमा ‘दोहोरी च्याम्पियन’
नेपालबहस संवाददाता
फागुन २९, २०७७ शनिबार २३:४८:५२
२९ फागुन, काठमाडौं । नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्दै नेपाली कला र संस्कृतिको संरक्षण एवं संवद्र्धनका लागि टेलिभिजनले शुरु गरेको कार्यक्रम महत्वपूर्ण अभियानका रुपमा रहेको बताए । उनले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिए।
सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनाका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वाश व्यक्त गरे । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकको रुचिअनुसार नेपाल टेलिभिजनले अर्को मौलिक रियलिटी शोका रुपमा दोहोरी च्याम्पियन शुरु गरेको जानकारी दिए ।
दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन्, भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन । कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।
दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापन एडभरटाइजिङ सर्भिस प्रालिले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार