सोमबार , बैसाख ६, २०७८

भरूवा बन्दुकसहित २ जना पक्राउ

भरूवा बन्दुकसहित २ जना पक्राउ

२ चैत, काठमाडौं । भरुवा बन्दुकसहित स्याङ्जामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ४ कुलुङखोला सानिस्वाराका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल रहेका छन् ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय