जनगणनाको तयारी,विभिन्न जिल्लामा कार्यालय स्थापना
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १८:२७:७
४ चैत,पर्वत । २०७८ सालमा हुने १२औँ तथा सङ्घीयताको पहिलो राष्ट्रिय जनगणनाका लागि पर्वतमा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को स्थलगतकार्य सञ्चालनको लागि सम्बन्धित जिल्ला हेर्ने गरी देशभरका सात वटा प्रदेशमा ८० वटा जिल्ला जनगणना कार्यालय स्थापना गरिने तयारी अनुसार पर्वतमा पनि जिल्ला जनगणना समन्वय समितिको पहिलो बैठकबाट कुश्मा नगरपालिकास्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनमा अस्थायी रुपमा चार महिनाको लागि प्रयोग गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी ज्योति केसीले जानकारी दिए ।
जिल्लास्तरको जनगणना सचेतना कार्यशाला चैतको दोस्रो हप्तामा हुने छ । वैशाख १ गते कुश्मामा कुश्मा नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका र फलेबास नगरपालिका हेर्नेगरी र पैंँयू गाउँपालिकाको हुवासमा ९बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैँयू गाउँपालिका हेर्ने गरी० दुई वटा स्थानीय जनगणना कार्यालयको स्थापना गरिने छ ।
सुपरिवेक्षक सूची चैत २० गते सम्ममा सार्वजनिक गरी सुपरिवेक्षक तालीम वैशाख १६ देखि २२ सम्म रहने छ । घर तथा घरपरिवार सूचीकरण कार्य उक्त तालीम प्राप्त सुपरिवेक्षकबाट वैशाख २६ देखि जेठ १४ सम्म हुने छ ।
त्यस्तै गणकको प्रारम्भिक सूची सार्वजनिक कार्यक्रम वैशाख १५ गतेभित्र तथा गणक तालीम जेठ १७ देखि २२ सम्म रहने छ । मूल गणना कार्य जेठ २५ देखि आसार ८ सम्म रहेको छ ।
करारमा रहेर काम गर्न चाहनेले चैत ५ देखि ११ गतेसम्म जिल्ला जनगणना कार्यालय, कुश्मामा अफलाइन दरखास्त फारम बुझाउन सकिने व्यवस्थासमेत गरिएको सहायक जिल्ला जनगणना अधिकारी दीपक सुवेदीले बताए । उनका अनुसार पर्वतमा काम गर्नको लागि कुश्मा नगरपालिकामा ४७ र पैयूँ गाउँपालिकामा १४ जना सुपरीवेक्षक दुई महिनाको लागि करारमा राख्न लागिएको छ । यसमा काम गर्न चाहानेले स्नातक तह उत्र्तीण गरेको हुनुपर्ने छ भने तलब मासिक रु २८ हजार २०० तोकिएको छ । यस्तै कुश्मामा १९७ जना र पैयूँमा ५३ गणक राख्न लागिएको छ । गणकको लागि प्रमाणपत्र तह उत्र्तीण गरेको हुनुपर्ने र मासिक तलब रु २६ हजार ६१० तोकिएको छ ।
त्यस्तै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला तथ्याङ्क कार्यलयमा छुट्टै जनगणना कार्यलय स्थापना गरेर काम शुरु भएको छ । आइतबार जिल्ला तथ्याङ्क कार्यालय उदयपुरको एक कोठामा छुट्टै औपचारिक रुपमा जनगणना कार्यलय स्थापना गरेर सम्बन्धित प्रक्रियागत कार्य शुरु गरिएको तथ्याङ्क कार्यालय उदयपुरका प्रमूख शिनारायण महतोले बताए ।
पहिलो चरणमा जिल्लामा जनगणको लागि मुख्य गणक तथा सुजरभाइजर छनोट नियुक्ति गरेर तालीम दिनुपर्ने भएको कारण यो प्रक्रिया अगाडि बढाइएको पनि तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख महतोले बताए ।
मुख्य गणक तथा सुपरभाइजरको लागि जिल्लाका माध्यमिक तहका २२ जना शिक्षक छनोट गरेर उनीहरुलाई तालीम तथा प्रशिक्षणको लागि कार्य शुरु गर्न लागेको तथ्याङ्क कार्यलय उदयपुरले बताएको छ । मुख्य गणक अधिकृत तथा सुजरभाइजरको तालीमपछि अन्य थप जनशक्तिकोसमेत छनोट तथा तालीम प्रशिक्षण सकेर वैशाख २६ देखि जेठ २५ सम्म जिल्लाको आठ स्थानीय पालिकासहित सम्बन्धित पालिकाका वडाको घर–घरमा गएर जनगणना कार्य गरिने छ । तथ्याङ्क कार्यलय उदयपुरका अनुसार २०६८ सालको जनगणना अनुसार उदयपुरमा तीन लाख सत्र हजार ५३२ जनसङ्ख्या रहेको थियो ।
त्यसैगरी झापाको दमक र चन्द्रगढीमा आज कार्यालय स्थापना गरिएको छ । चार महिनाका लागि स्थापना गरिएका दुवै अस्थायी कार्यालयमा सात÷सातजना गरी १४ कर्मचारी राखिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारासाथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।
सोहीअनुरुप नै झापामा आजबाट काम आजै शुरु गरिएको छ । जिल्लामा जनगणना २०७८ का लागि एक हजार २५० जना जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक २५० र गणक एक हजार परिचालन गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । माइपश्चिमका सातवटा पालिका, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ । विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र केचनकवल गाउँपालिकाको तथ्याङ्क सङ्कलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको प्रजिअ तिम्सिनाले बताए ।
जनगणनालाई छिटोछरितो र विश्वसनीय गराउन वडा तहसम्म पहुँच पु¥याउने हिसाबले पालिकाका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी सबैपालिकामा जनस्तरीय जनगणना कार्यालय रहने चन्द्रगढी कार्यालयका प्रमुख चुडामणि लुइँटेलले बताए । प्रदेश नं १ का १४ मध्ये झापा, मोरङ र सुनसरीमा दुई वटा कार्यालय स्थापना गरिएको छ । उनले निश्चित् जनसङ्ख्या अर्थात नौ लाख भन्दा बढी जनसङ्ख्या रहेका जिल्लामा दुईवटा कार्यालय स्थापना गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलाको लगानीमा सरफ उद्योग सञ्चालन
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारीसाधन तारिँदै
बैशाख २४, २०८१ सोमबार