मकै रोप्ने नयाँ प्रविधिले कृषकलाई सहज
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १९:५२:५७
५ चैत,वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाए । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।
चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर उनले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गरेका हुन् । परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोघा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यस वर्ष करीब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।
त्यस भेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५ र शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनले पहिलो पटक तीन बिघा क्षेत्रफलमा मकैखेती गरेका किसान नीरञ्जन चौधरीले भने, “चारपाङ्ग्रे ट्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ । एक जना ट्याक्टर चालकले मेसिन चलाएर मकै रोपेपछि विषाधि छर्न लाग्ने मजदूरबाहेक अन्य मजदूर नलाग्ने, खर्च बचत हुने भएकाले मेसिनबाट मकै रोपेको उनले बताए ।
मकैको बीउ रोप्नु अघि कल्टिभेटर र रोटाभेटर मेसिनबाटै खेत जोतेको र ल्याण्ड लेभलर मेसिन चलाएर पल्ट मिलाउँदा समय र खर्च कम लागेको भन्दै अर्का किसान सहदेव चौधरीले भने, “मेजप्लान्ट मेसिन सिफारीस गरेको कृषि अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरीद गरी ल्याएको मेसिनको परीक्षणपछि प्रयोग गर्दा मकै खेती राम्रो हुन थालेको छ ।”
“परीक्षणपछि उक्त मेसिन किसानको लागि बरदान र अत्यन्तै उपयोगी सावित भएपछि उक्त मेसिनको अत्यधिक प्रयोग हुन थाल्यो”, वरिष्ठ वैज्ञानिक मिश्रा भन्छन्, “यो मेसिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करीब ३० बिघा क्षेत्रफलमा किसानले मेसिन प्रयोग गरी व्यावसायिक रुपमा मकै खेती गरिरहेका छन् ।”
कृषि मजदूरको बढ्दो अभावका कारण किसानलाई समस्या हुँदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनेत, झन्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरीद गर्दा बजार मूल्य करीब रु दुई लाख ५० हजार पर्न आउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रुपमा मकैखेती गरी आर्थिक लाभ लिन थालेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलकै किसान जितु झाले आफ्नो १० बिघा खेतमा मेसिनबाट उखु रोपेका छन् । पछिल्लो समय कृषि मजदूर घट्दै गएको र परम्परागत ढङ्गले खेती गर्दा लागत बढी लाग्ने भएकाले यस वर्ष उनले पहिलो पटक उपकरणको मद्दतले उखु रोपेका छन् । उनलाई मेसिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेसिन उपलब्ध गराएको छ ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटले आज हिउँदे बाली प्राविधिको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्याङ्कन भ्रमण गरी जगरनाथपुर गाउँपालिका–३ बिजबनियाँमा त्यहाँका किसान अभयकुमार यादवले १९ बिघा क्षेत्रफलमा गरेको गँहुखेतीको भ्रमण गरेको थियो । किसान यादवले टर्वो ह्याप्पी मेशिनबाट गरेको गहुँ खेती राम्रो देखिएको जानकारी दिए । मेशिनबाट गँहु खेती गर्दा कम लागत लाग्ने तथा उत्पादन पनि बढी हुने भएकोले विगत २०५४ सालदेखि मेशिनद्वारा गहुँखेती गर्दै आएको किसान यादवको भनाइ छ । परम्परागत रुपमा खेती गर्दा प्रति कठ्ठा एक मन गँहु उत्पादन हुँदै आएकोमा मेशिनबाट गहुँखेती गर्दा प्रति कठ्ठा चार मनसम्म उत्पादन हुने किसानको भनाइ छ ।
कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जसँग जोडिएर २०५६ सालदेखि कृषियन्त्र प्रयोग गरी खेती गर्दै आइरहेका वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्ताका किसान नेमिलालप्रसाद साहले भने, “मेशिनबाट खेती गर्दा उत्पादन बढी लिन सकिए पनि बजारको अभावमा ती उत्पादित सामान बेच्न समस्या हुने गरेको बताए ।
सो अवलोकन भ्रमणमा केन्द्रका वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्रा, सम्बन्धित कार्यालयका प्राविधिक, सञ्चारकर्मी शङ्करप्रसाद खतिवडा, शेषमन पण्डित, वीरेन्द्रकर्ण, शङ्कर आचार्यलगायतको सहभागिता थियो । यसअघि किसानले कृषि औजार अनुसन्धान केन्द्रले उत्पादन गरेको विभिन्न प्रकारका कृषियन्त्रको अवलोकन गरी सो को प्रयोग विधिबारे जानकारी लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार