शुक्रबार , बैसाख १०, २०७८

शताब्दी पुरुष जोशीलाई कर्णाली साहित्य समाजले सम्मान गर्ने

शताब्दी पुरुष जोशीलाई कर्णाली साहित्य समाजले सम्मान गर्ने

५ चैत, सुर्खेत । कर्णाली साहित्य समाज सुर्खेतले संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्ने भएकाे छ । जोशीलाई कर्णाली साहित्य समाज साधनासहित  ताम्रपत्रले यो सम्मान प्रदान गर्न लागीएकाे हाे ।

जोशीको हाम्रो लोकसंस्कृति कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ ।

यही चैत्र ११ गते वीरेन्द्रनगरमा आयोजिक एक कार्यक्रमका बिच नगद ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । यो कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी भएको आयोजकको दावी छ ।

साथै समाज प्रदान गर्ने प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गरिने भएको छ । यसको पुरस्कार राशी नगद २५ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय