कारवाही गरेपनि रोकिएन इन्धन तस्करी
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २०:४५:५०
६ चैत,काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो ।
यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो । इन्धन चोरीमा संलग्न उक्त ट्याङ्करलाई पनि निगमले पेट्रोलियम पदार्थ ढुवानी नियमावली, २०७३ (तेस्रो संशोधन) अनुसार कारवाही प्रक्रिया ग¥यो ।
केही महिनाअघि भारतबाट पेट्रोल लोड गरी आएका दुई ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको पाइएपछि निगमले थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई पत्र काट्यो । प्रहरी अनुसन्धनबाट उक्त दुई ट्याङ्करले फल्स चेम्बर बनाई इन्धन लुकाइ भारत लगेर बेच्ने र निगमलाई हानी नोक्सानी पु¥याएर ठगी गरेको पुष्टि भयो । सो प्रकरणमा संलग्न बाराका अमलेखगञ्ज–६ का अजय लामा र विकेश लामालाई पक्राउ गरी ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
केही दिनअघि सशस्त्र प्रहरी बल ९एपिएफ०को टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न सात ट्याङ्करमा फल्स बटम बनाएर अवैधरुपमा भारत लैजाँदै गरेको अवस्थामा चार हजार २०० लिटर डिजेल बरामद ग¥यो । बरामद गरिएको डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा पछिल्ला केही समययता नेपालबाट भारततर्फ इन्धन चोरी तस्करी भइरहेको घटनाक्रमले पुष्टि गरेको छ । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै लुकीछिपी भारततर्फ इन्धन तस्करी हुँदै आएको छ । सीमावर्ती भारतीय क्षेत्रमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३३ रुपैयाँ ४२ पैसा र डिजेल प्रतिलिटर ३९ रुपैयाँ ६१ पैसा सस्तो छ । खुला सीमाना र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको निगमका अधिकारीको स्वीकारोक्ति छ ।
सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी तस्करी बढेसँगै निगमले गत महिना सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमानाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दियो । इन्धन तस्करी रोक्न कार्यालयलाई दैनिक सीमानाका क्षेत्रका न्यूनतम पाँच वटा पेट्रोलपम्पको निरीक्षण, आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमानाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्प, हुलाकी राजमार्गमा अवस्थित पेट्रोलपम्प तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोलपम्पको बिक्री अनुगमन गर्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
“गाडीको फ्युल ट्याङ्कीमा मात्र इन्धन भर्न पाउने, भारततर्फ जाने ट्याङ्कर, ट्रक, टेलर, ट्याक्टरलगायत सवारी साधनको सिमानामा जाँच गर्न स्थानीय प्रहरीसँग अनुरोध गरी जाँच गर्ने र भारतीय ठूला सवारी साधनलाई फ्युल ट्याङ्कीमा बढीमा १०० लिटर मात्र इन्धन दिने व्यवस्था गरिएको छ”, उनले भने । सीमा क्षेत्रका पेट्रोल पम्पलाई ड्रम, जर्किन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्री वितरण गर्न रोक लगाइएको उनले बताए । पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेशिन सञ्चालन गर्ने प्रयोजनका लािग जर्किनमा बिक्री वितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लािग आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लगत राखी बिक्री गर्नुपर्नेछ ।
पेट्रोलियम पदार्थ तस्करी गर्ने, ढुवानीमा अपचलन गर्ने ट्रक तथा ट्याङ्करलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ र पेट्रोलपम्पलाई बिक्रेता नियमावली, २०७५ अनुसार कारवाही गरिएको उनले बताए । ढुवानी विनियमाली २०७३ ले ट्रक ट्याङ्करमा स्वीकृत मापदण्डबाहेकका अन्य फिटिङ्स जडान गरी निगमलाई हानी पु¥याएको भेटिए हानी नोक्सानीको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिने व्यवस्था गरेको छ । ढुवानी अपचलन गर्ने ट्रक तथा ट्याङ्करलाई ढुवानीमा बन्देज लगाउन सकिनेछ । त्यस्तै निगमको निर्देशनविपरीत इन्धन बिक्री गर्ने बिक्रेताको इजाजत खारेजी गर्न सक्नेसम्मको व्यवस्था रहेको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्याल नेपाल–भारत खुला सीमाका कारण पेट्रोलियम पदार्थको अवैध कारोबार भइरहेको स्वीकाछन् । ट्याङ्करमा स्वीकृत मापदण्डविपरीतका संरचना बनाएर चालक नै इन्धन तस्करीमा संलग्न भएको पाइए पनि कतिपय घटनामा निगमका कर्मचारीको पनि संलग्नता रहेको उनको जिकिर छ । पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रण गर्न र संलग्नलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिँदै उनी त्यसमा आफूहरुको सहयोग रहने बताउछन् ।
एक हजार ढुवानीकर्तामाथि कारवाही
निगमले पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको चोरी तस्करी गर्ने तथा इन्धन अपचलन गर्ने झण्डै एक हजार ट्रक तथा ट्याङ्करमाथि कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको भेटिएपछि ती ट्रक तथा ट्याङ्कर कारवाहीमा परेका हुन् । फल्स च्याम्बर बनाउने, मिसावट गर्ने, तोकिएको परिणामभन्दा बढी क्षति पु¥याउने तथा ढुवानी विनियमावलीविपरीत काम गर्ने ट्रक तथा ट्याङ्करमाथि कारवाही गरिएको निगमले जनाएको छ ।
निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको छ । ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।
प्रदेश नं २ प्रादेशिक कार्यालय अमलेखगन्जले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानी कार्यमा निलम्बन गरिएको छ । कार्यालयले पाँच चालक÷सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा पेट्रोलियम पदार्थ मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्याङ्करलाई छ महिनाको निलम्बन गरिएको छ ।
यसैगरी निगमको प्रादेशिक कार्यालय थानकोटले सोही अवधिमा ३०० बढी ट्रक तथा ट्याङ्करमाथि कारवाही गरेको छ । प्रत्येक ट्याङ्करलाई रु १० हजार जरिवाना गरिएको छ । दुई ट्याङ्करलाई थप अनुसन्धानका लागि अनुसन्धान ब्यूरोलाई लेखी पठाइएको छ । इन्धन अपचलन मुद्दामा ढुवानीकर्तासँगै निगमका कर्मचारी पनि कारवाहीको दयरामा आएका छन् । निगमको वीरगञ्जस्थित कार्यालयका एक कर्मचारीमाथि पनि कारबाही प्रक्रिया चलाइएको छ ।
निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको निगमको भनाइ छ । निगमको यो कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुने अपेक्षा गरिएको छ । अनियमित गर्ने ट्याङ्करमाथि कारवाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेस स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार