पौडेल निवासमा नेताहरुको जमघट सुरू
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २१:३४:१७
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ओली सरकारको विकल्प खोज्ने अभियान थालेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न पहल नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।
सभापति देउवालाई प्रतिपक्षी दलहरुसँग सहकार्य गरेर ओली सरकार विस्थापित गर्न आफूले धेरै पटक आह्वान गर्दासमेत वेवास्ता गरेको उनको आरोप छ । नेता पौडेलले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आफू निकट नेताहरुलाई बोहराटारस्थित निवासमा डाकेका छन् ।
ओलीको विकल्पमा कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने पक्षमा खुलेका पौडेलको सुनुवाई नभएकाले निकट नेताहरुमार्फत देउवालाई दबाब दिन भेलाको आयोजना गरिएको हो ।
भेला जारी छ । बैठकमा महामन्त्री डा. शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी , डा. रामशरण महत,सीतादेवी यादव, डा. मिनेन्द्र रिजाललगायत सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार