शुक्रबार , बैसाख १०, २०७८

नेपालमा बसेर डलर खर्च गर्न पाउने वैधानिक बाटो खुल्यो

नेपालमा बसेर डलर खर्च गर्न पाउने वैधानिक बाटो खुल्यो

८ चैत, काठमाडौं । नेपालमा बसेर डलर खर्च गर्न पाउने वैधानिक बाटो खुलेको छ । यस अघि विदेश जाने नेपाली व्यक्ति तथा ट्राभलकार्ड भएका नेपालीले मात्रै डलर खर्च गर्न पाउने व्यवस्था रहेको थियो । आज नेपाल राष्ट्र बैंकले अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाइने सुचना जारी गरे सँगै नेपालमा बसेर नेपालीले डलरमा खर्च गर्न वैधानिक बाटाे खुलेकाे छ । नेपालका बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर तत्कलका लागि ५ सय बराबरको रकम खर्च गर्न पाइने भएको छ ।

नेपालमा बसेर डलरमा खर्च गर्नुपर्ने व्यक्तिका लागि राष्ट्र बैंकको यो सुचनाले केही राहत मिलेको छ । यस अघि नेपालमा बसेर डलर कारोबार गर्नुपर्दा विदेशी कार्डमार्फत मात्रै भुक्तानी हुँदै आएको थियो । अब भने नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था हुने भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिइएको छ। परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ।

कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ। ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ।

प्रयोगकर्ताले एकै पटक वा पटक(पटक गरी एक वर्षमा वढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्तेछन् सो प्रयोजनका लागि कार्ड जारी भई सक्रिय भएको दिनबाट समयावधि गणना शुरु हुनेछ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०७६ (संसोधन सहित)को एकीकृत इजाजत प्राप्त परिपत्र १५÷२०७६को दफा ७ मा उल्लेखित प्रावधानको पूर्ण पालना गर्न गर्न बैंकहरुलाई अनुरोध गरेको छ ।

prepaid card notice nrb

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय