सांग्रीला डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको मूल्य समायोजन
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १६:११:३२
१० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले साधारण सभा वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेमा डिप्रोक्स लघुवित्त, महुली लघुवित्त र सांग्रीला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो।
डिप्रोक्स लघुवित्त
नेप्सेले डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७२० रुपैयाँ तोकिएको छ।
चैत ९ गते सोमबार दोस्रो बजारमा डिप्रोक्स लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ९७८ रुपैयाँ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा, चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ।
महुली लघुवित्त
नेप्सेले महुली लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य २ हजार १८८ रुपैयाँ कायम भएको छ।
त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाले पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २५ गते बुधबार बिहान ११ बजे केन्द्रिय कार्यालय महुली, सप्तरीमा ८ औं वार्षिक साधारण सभा बोलाएको छ।
सांग्रीला डेभलपमेन्ट बैंक
सांग्रीला डेभलपमेन्ट बैंकको यस दिन ५ प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २०२ रुपैयाँ कायम भएको छ।
नेप्सेले यी तीन वटै कम्पनीहरुको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो।
सांग्रीला डेभलपमेन्ट बैंकले भने चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ। मंगलबार यही मूल्यमा आधारमा दोस्रो बजारमा यी तीन कम्पनीको कारोबार खुल्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार