होलीकप नकआउट फुटबल प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:१३:३८
१० चैत, भरतपुर । चितवनको माडीमा सोमबारदेखि होलीकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । गौरीशङ्कर युवा क्लब माडी–७ गौरीनगरको आयोजनामा सोमबारदेखि १९औँ अन्तर माडी होलीकप नकआउट फुटबल प्रतियोगिता २०७७ शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ ले हार व्यहोरेको छ । गौरीनगरस्थित खेल मैदानमा भएको खेलमा वसन्तपुर युनाइटेड क्लब ‘बी’ ले आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वसन्तपुरको जीतमा सम्राट दराईले दुई तथा एबिन बस्याल, शिशिर सुनार र कृष्ण महतोले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज तीन खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गरेका थिए । सो अवसरमा उनले खेलकूदको विकासका लागि माडीका क्लबहरुलाई नगरपालिकामार्फत आर्थिक, भौतिक र नैतिक सहयोग सदैव प्रदान गर्ने उल्लेख गरे।
माडीका १७ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले रु ७० हजार तथा उपविजेताले रु ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार