अनुहारमा चमक ल्याउन खानेकुरामा ध्यान दिन आवश्यक
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २१:३५:४३
अनुहार र छालाको टोनले थकान, कमजोरीपन झल्काइरहेको हुन्छ । निद्राको कमी, अस्वस्थ खानपान, व्यस्त जीवनशैली वा तनावका कारण थकान वा कमजोरीपन देखा पर्ने गर्छ । जसले आँखावरिपरि डार्क सर्कलसमेत देखा पर्ने हुन्छ ।
सामान्यतया दैनिक काम व्यवस्थित गरेर वा पर्याप्त निद्राबाट पनि डार्क सर्कल हटाउन वा अनुहारमा चमक ल्याउन सकिन्छ । यसका लागि खाद्यवस्तुको छनोटमा भने ध्यान दिन आवश्यक हुन्छ । निम्न उल्लेखित खानेकुराले शरीरको कमजोरी हटाउन मद्दत गर्ने विज्ञहरूको सुझाब छ ।
ग्रिन टी
युवा पुस्तामाझ ग्रिन टी लोकप्रिय छ । कामको तनाव कम गर्न ग्रिन टी प्रयोग गर्ने गरिन्छ । ग्रिन टीमा रहेको पोलिफेनलले छालाका मृत कोषहरूलाई पुनः सक्रिय बनाउन मद्दत गर्छ, जसले छालालाई स्वस्थ देखाउँछ ।
साल्मोन माछा
साल्मोन माछालाई पौष्टिक तत्वको भण्डार मानिन्छ । यसले छालामा हुने जलन कम गर्ने, सुक्खापन कम गर्न सहयोग गर्छ । ओमेगा फ्याटी एसिड र म्याग्नेसियमजस्ता तत्व पाइने हुँदा रक्तसञ्चार सहज बनाउँछ । जसले कोषहरूसमेत सक्रिय हुने हुँदा छालामा चमक ल्याउँछ ।
नट्स
नट्समा प्रशस्त मात्रामा पोषक पदार्थहरू पाइन्छन् । अधिकांश नट्समा मिनरल र सेलेनियमको मात्रा प्रचुर हुन्छ । सेलेनियम यस्तो पदार्थ हो, जसले फ्री र्याडिकलहरूसँग लडेर छालालाई सुरक्षित गरिरहेको हुन्छ । फ्री र्याडिकलहरूले उमेरभन्दा अगाडि नै ‘एजिङ’को समस्या निम्त्याउने गर्छ । यस्तै, पोषक तत्व टुना र च्याउहरूमा पनि पाइन्छ ।
पानी
साधारण पानी पिउँदा शरीर हाइड्रेड रहन्छ । सधैँ आवश्यक मात्रामा पानी पिउँदा छाला हाइड्रेड रहने हुँदा छाला र कपाल पनि स्वस्थ देखिन्छ । दैनिक प्रशस्त मात्रामा पानी पिउनुलाई स्वास्थ्यको आधारभूत अवधारणा मानिन्छ ।
किवी
किवीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले सुजन कम गरिरहेको हुन्छ । भिटामिन सीको दैनिक प्रयोगले छाला स्वस्थ हुने, सुक्खापन हराउने र कपाल पनि स्वस्थ देखिने हुन्छ ।
सलाद
मिनरल, भिटामिन र अन्य पोषण तत्व भएका खानेकुरा सलादको रूपमा खाँदा सम्पूर्ण शरीरमा फाइदा पुग्छ । मुला, गाँजर, काँक्रो, चुकन्दर, प्याज, कागती, पुदिना, हरियो धनियाँ आदिलाई समेत सलादमा समावेश गर्न सकिन्छ । यस्ता खानेकुराले छालालाई स्वस्थ रहन मद्दत गर्ने हुँदा कमजोजीपन र थकान देखिँदैन । दैनिक कामबाट हुने थकान कम गर्नका लागि स्वस्थ खानपान निकै आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार