शीर्ष तीन टोली फुटसलको उपाधि नजिक
नेपालबहस संवाददाता
चैत १९, २०७७ शुक्रबार २:५५:३१
१९ चैत, काठमाडौं । शीर्ष तीन टोली प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । आज भएको खेलमा ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । दुवै टोलीबीचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा विजेताको छिनोफानो गरिएको हो । यस्तै अर्को खेलमा विश्वनिकेतनले हिमशिखरलाई ६–० गोलले हरायो ।
विश्वनिकेतनका लागि अनिल नगरकोटीले ह्याट्रिक गरे । यस्तै विकेश शाही र सञ्जोग वाइबाले एक एक गोल गर्नुभयो । हिमशिखरले एउटा आत्माघाती गोल गर्न पुगेको थियो । यसैगरी माउन्ट ग्लोरीले ब्राइट एन्जल्स ‘ए’ माथि ३–० गोलको जित दर्ता ग¥यो । तीनवटै गोल एलेक्स पौडेलले गरेका हुन् ।
प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थानमा रहने टोली उपाधि होडमा प्रवेश गरेका हुन् । अब ब्राइट फ्युचर, विश्वनिकेतन र माउन्ट ग्लोरीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने छ । सबैभन्दा बढी अङ्क ल्याउने टोलीले उपाधि जित्नेछ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित सो प्रतियोगिताको शीर्ष तीन टोलीले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।
समृद्धि र कर्मिस्ता उपाधिका लागि भिड्ने
समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस यु–१२ गल्र्सतर्फको उपाधिका लागि भिड्ने भएका छन् । मन्डिखाटारस्थित टेबलटेनिस कोर्टमा भएको सेमिफाइनलमा महर्जनले प्रजना महर्जनलाई ६–४ र ६–४ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
यस्तै श्रेष्ठले आर्या गुरुङलाई ६–२ र ६–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा यु–१० ब्वाइजतर्फ असभ सम्राट हाडा र स्पन्दन उदास फाइनलमा प्रवेश गर्नुभएको छ । हाडाले अनिस कसुलालाई ६–१ र ६–० सेटमा तथा उदासले डोजन गुरुङलाई ६–० र ६–० सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
यस्तै यु–१२ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ, सृजन भट्टराई, निसाध जोशी र बोरिस अधिकारी सेमिफाइनलमा प्रवेश गरेको हुन्। ब्वाईज युगलतर्फ निहाल थापा र सक्षम विक्रम शाह, प्रनभ मानन्धर र राजवीर प्रधान तथा प्रितम परियार र सौगात विकको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । आईटिएफ र नेपाल टेनिस सङ्घको नियमअनुसार सञ्चालन भएको सो प्रतियोगितामा ब्वााईजतर्फ ६ तथा गल्र्सतर्फ पाँच विधामा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
बैशाख २३, २०८१ आइतबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार