यो बर्षमा ४ चलचित्र मात्र रिलिज
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १९:२६:५०
काठमाडौं । यो बर्ष कोरोना महामारीको प्रभावमा परेको नेपाली चलचित्र बजारमा बर्षभरी चार वटा मात्र चलचित्र रिलिज भएका छन् । १० महिना लामो लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र पौषदेखि केहि मात्रामा चलायमान भएको थियो ।
माघ १ गतेबाट मल्टिस्टारमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धर लगायतका कलाकारले अभिनय गरेका थिए । लामो समयपछि चलचित्र हलमा लागेको यो चलचित्रले दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रले भने दर्शक तान्न सकेन ।
त्यसपछि चलचित्र ‘गोर्खे’ पनि यो बर्ष रिलिज भयो । तर, यो चलचित्रले पनि दर्शकलाई तान्न सकेन । यो बर्षको अन्तिम शुक्रबार अर्थात आजबाट २ वटा नेपाली चलचित्र रिलिज भएका छन् । कलाकार सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘श्री’ र नायक मुकेश ढकालको मुख्य भूमिका रहेको चलचित्र ‘गुड फ्रेन्ड्स’ आजबाट रिलिज भएका छन् ।
अहिले नेपालमा कोरोना भाईरसको दोस्रो लहर चलेसंगै रिलिज मिति तोकेका चलचित्रहरु धमाधम स्थगित भईरहेका छन् । यो बर्ष कोरोना कहरका कारण पनि नेपाली चलचित्रले निक्कै ठूलो घाटा व्यहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार