आइतबार , जेठ २, २०७८

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

२९ चैत, काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले इसेवा लगायत आफ्ना अन्य सदस्य मार्फत डिजिटल कारोबार प्रवद्र्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधी व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडी बढाइरहेको इसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ । डिजिटल पोखराको अभियानमा इसेवाले तिब्र गतिमा काम गरिरहेको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४२ लाख छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी ६ घण्टा पहिले
बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध ९ घण्टा पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै ११ घण्टा पहिले
तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक ९ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु १७ घण्टा पहिले
राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर १४ घण्टा पहिले
भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? १४ घण्टा पहिले
नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? १० घण्टा पहिले