गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार ११:३३:१७
२ वैशाख, रसुवा । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन् । रसुवा रङ्गशाला एवं प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको बुधबार धुञ्चेमा उद्घाटनपश्चात् जनसमुदायलाई सम्बोधन गर्दै उनले भगवान शङ्कर गोसाइँ बाबा विराजमान रहनुभएको पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिए।
समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव अगाडि सारेको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
एघार किमी छोटो दूरीको धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले विसं २०७५ देखि प्रक्रिया अगाडि बढाए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्जको नीतिनियमले अलमल पारिराखेका अवस्थामा वन तथा वातावरणमन्त्रीको स्थलगत अवलोकनले अब पूर्णता पाउनेमा आम नागरिक विश्वस्त भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यसैगरी मन्त्री आलेले फुटबल खेलको उद्घाटन गरे । रसुवा रङ्गशाला निर्माणका लागि रु एक करोड खर्च भएको र सोमध्ये रु ३५ लाख प्रदेश सरकार एवं ६५ लाख गोसाइँकुण्ड गाउँपालिकाले व्यहोरेको बताइन्छ । यस्तै वन तथा वातावरणमन्त्री आलेले लाङ्टाङ राष्ट्रिय निकुञ्जमार्फत धुञ्चेमा निर्माण भएको पर्यटन सूचना केन्द्र भवनको आज एक छुट्टै कार्याक्रमकाबीच उद्घाटन गरे ।
लाङ्टाङ तथा गोसाइँकुण्ड एवं निकुञ्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई यहाँको जैविक विविधता र वन वनस्पति, वन्यजन्तु एवं वातावरणको संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत रू ३० लाखको लागतमा पर्यटन सूचना केन्द्र निर्माण भएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको हिमाली भेकमा छरिएर रहेको एक हजार ७१० संरक्षित र ४२० वर्ग किमी लाङ्टाङ राष्ट्रिय निकुञ्जको सबै आधार इलाकामा पुग्ने पर्यटकलाई भ्रमणको उपलब्धि र संरक्षणको पाटोमा सूचना केन्द्रले मद्दत पु¥याउने विश्वास गरिएको छ । सो केन्द्रमा सबैखालका सम्पदा झल्कने श्रव्यदृश्यसमेत राखिने निकुञ्जले जनाएको छ ।
पर्यटन सूचना केन्द्र भवनको उद्घाटनपछि मन्त्री आलेले त्यहाँ गरिएका व्यवस्थापकीय कार्यकोसमेत अवलोकन गरे । उनले जैविक विविधता संरक्षणका लागि नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लामा पाँच वटा सुरक्षा पोष्ट निर्माणका लागि आवश्यक प्रक्रिया आगाडि बढाउन निकुञ्ज विभागका महानिर्देशकलाई निर्देशनसमेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार