यो साता कुन कम्पनीको शेयरमूल्य उच्चदरले बढ्यो ?
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २२:४:४१
३ बैंशाख, काठमाडौं । यो साता शेयरबजारमा नेप्से परिसूचकले हालसम्मको उच्च विन्दू कायम गरेको छ । यो साता नेप्से परिसूचक २७ सय विन्दू पार गरेको हो । साताको अन्तिम कारोबार दिन नेप्से २० दशमलव ६१ अंकले बढेर २७ सय ३५ विन्दूमा पुगेको छ ।
नयाँ वर्षको सुरुवातसँगै नेप्सेले नयाँ उचाई कायम गर्दा शेयरबजारमा बहार छाएको छ । यो साता कारोबारमा आएका कम्पनीहरु मध्येमा एनआईसी एशिया लघुवित्तको शेयर सबैभन्दा बढि बढेको हो ।
यो साता तीन दिन खुलेको बजारमा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । यो साताको पहिलो कारोबार दिन लघुवित्तको प्रतिकित्ता शेयरमूल्य १४ सय ५ रुपैयाँबाट बढेर अन्तिक कारोबार दिनसम्म १८६८ रुपैयाँ पुगेको छ । तीन कारोबार दिनमा लघुवित्तको शेयरमूल्य ४६३ रुपैयाँले बढेको हो ।
केही समय अगाडि चन्द्रागिरिको शेयरमा करिब २ महिनाको अवधिसम्ममा लगातार सर्किट लागेर कारोबार भयो भने, पछिल्लो दुई साता यता भने एनआईसी एशिया लघुवित्तको शेयरमा लगातार सर्किट लागेर कारोबार भइरहेको छ ।
किन एनआईसी एशिया लघुवित्तको शेयरमा दिनदिनै सर्किट लाग्यो ?
हालैै एनआईसी एशिया लघुवित्तले स्वदेशी लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो । लघुवित्तले एकीकृत कारोबार सुरु भएसँगै दैनिक कम्पनीको शेयरमा सर्किट लाग्न थालेको हो । मर्जर पश्चात कम्पनी वित्तीय अवस्था बलियो देखिएपछि शेयरखरिदकर्ताको चाप बढेसँगै कम्पनीको शेयरममूल्य सर्किट लागेको हो ।
कति छ कम्पनीको प्रतिकित्ता शेयरमूल्य ?
हाल कम्पनीको प्रतिशेयरमूल्य १८ सय ६८ रुपैयाँ रहेको छ । करिब तीन हप्ता पहिले कम्पनीको शेयरमूल्य एक हजार कम मूल्यमा कारोबार भइरहेको थियो । दुई सातामै एक हजार रुपैयाँले कम्पनीको शेयरमा परिवर्तन देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार