स्पेन भ्रमण राष्ट्रहितका लागि फलदायी :अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २३:३५:८
५ वैशाख,काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले भने, “बुुद्धको जन्मस्थल लुुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा स्थापना हुने गार्डेनले महत्वपूूर्ण भूूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुझ्न सहज हुनेछ ।”
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उनले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखे ।
लुुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राख्नुुभयो । फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुुदृढ हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार