मष्टा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:४०:५७
६ वैशाख,बझाङ । बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोप लगाएपछि गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको मष्टा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख भीम बोहराले जानकारी दिए । जिल्लाको पहिलो पालिकाका रूपमा पूर्ण खोप सुनिश्चितता भएको हो ।
गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर विशेष अभियानमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले निःशुल्क औषधोपचार, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको, सेवाबाट वञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउँदै पूर्ण खोपलाई दिगो बनाउन गाउँपालिका सदैव लागि पर्ने प्रतिबद्धतासमेत गरे ।
सात वडा रहेको गाउँपालिका क्षेत्रभित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले नियमित खोप प्राप्त गरेको आधारमा मष्टा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नेपाल सरकारले तोकेबमोजिमको खोप क्लिनिकमार्फत सबै बालबालिकालाई खोप सेवा प्रवाह गरी खोप सुनिश्चितता घोषणा गरिएको हो । अन्य स्थानीय तहमा पनि यो अभियान चाँडै सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत मनोहर कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार