नेपाल नेदरल्याण्ड्ससँग पराजित
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २२:३६:५६
७ वैशाख, काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका कुशलले ८ चौका र एक छक्काको मद्दतमा ६२ रन बनाएका थिए। ३० बल खेलेका दिपेन्द्रले तीन चौका र पाँच छक्कासहित ६० रन बनाए।
यस्तै सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ र विनोद भण्डारीले ७ रन जोडेका थिए। बलिङतर्फ नेदरल्याण्ड्सका भिविएन किङ्माले दुई, पिटर सिलरले दुई र बास डी लिड र आर्यन दत्तले एक–एक विकेट लिए।
२०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। उसका लागि बास डी लिड र बेन कूपरले अर्धशतक बनाए। कूपरले ३५ बलमा ५५ रन बनाउदा लीडले ४२ बलमा नटआउट ८१ रन बनाए। यस्तै कप्तान पिटर सिलारले ३१ रन बनाए।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सन्दीप लामिछानेले चार तथा कुशल मल्ल, करण केसी र अभिनाश बोहराले एक–एक विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन। नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा मलेसियालाई हराएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार