तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १८:१४:२५
८ वैशाख,रसुवा । नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको जानकारी दिए ।
तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ । धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि कहिले स्वीकृत हुन्छ भन्ने प्रश्नमा मन्त्री फुयाँलले प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने जानकारी दिए ।
प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए । समारोहमा गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको भलिबल तथा फुटबल खेलका विजेतालाई गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले मङ्गलबार ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरेका छन् ।
यही वैशाख १ देखि ४ गतेसम्म रसुवा रङ्गशाला धुञ्चेमा भएको फुटबल प्रतियोगितामा भाग लिएका १७ समूहमध्ये उत्तरगया यूनिक समूह प्रथम, अकियास धुञ्चे द्वितीय र ठूलोगाउँ युवा क्लबले तृतीय स्थान प्राप्त गरेको खेल संयोजक तेम्बा जिएलले जानकारी दिए । वैशाख ५ र ६ गते भएको भलिबल खेलतर्फ भने भीमलाल हीराचन स्मृति समूह प्रथम, अकियास धुञ्चे द्वितीय र नौकुण्ड समूह तृतीय भएको बताइएको छ । भलिबलमा १३ समूहले भाग लिएका थिए । प्रथमलाई रु एक लाख, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु २५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
औँसा कीरा व्यवस्थापनका लागि जुनारमा प्रोटिन–वेट छिट्न सुरु
बैशाख २४, २०८१ सोमबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार