अछाममा कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २०:६:५८
९ वैशाख,डोटी । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो तथा रुघाखोकीले लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक÷एक जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार