दुई वर्षपछि शुरु भयो सिँचाइ आयोजनाको काम
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १८:५:४९
१० वैशाख,बलेवा । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्ने छ । बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमीनमा सिँचाइ पु¥याउनेगरी आयोजना शुरु भएको हो ।
गण्डकी प्रदेश सरकारको बहुवर्षे आयोजनाअन्तर्गत अघिल्लो वर्ष विनियोजित रु १५ लाख बजेट फिर्ता भएपछि चालू वर्ष काम थालिएको उपभोक्ता समितिका अध्यक्ष भूमिश्वर कँडेलले जानकारी दिए । “कोरोना संक्रमण र लकडाउनका कारण काम गर्न नसकेर बजेट फिर्ता भयो, यो वर्ष जसरी पनि काम गर्छौं”, उनले भने, “बहुवर्षे कार्यक्रम भएकाले आगामी वर्ष पनि बजेट आएमा निर्माण सम्पन्न गर्न सकिन्छ ।” उपभोक्ताको १५ प्रतिशत श्रमदानसहित रु एक करोड ५० लाख लागतमा आयोजना निर्माण हुनेछ । दुई किमी लामो सिँचाइ कुलोमार्फत दादराखोलाको पानी खेतमा ल्याइने योजना उनले सुनाए ।
सिँचाइ अभावमा यहाँका किसानले हिउँदे तथा वर्षेखेती लगाउन पाएका थिएनन् । किसानले सिँचाइ आएपछि तरकारीखेती लगाएर आत्मनिर्भर बन्ने योजना वडाको छ । “हामीले सिँचाइ अभावमा तरकारी पनि लगाउन सकेका थिएनौँ”, स्थानीय माया कँडेलले भनीन्, “अब गाउँघरमै उत्पादन गरेर खर्च बचाउन सकिने भयो ।” परम्परागत कुला मासिएपछि स्थानीयले सिँचाइको समस्या झेल्दै आएका थिए ।
गत वर्ष वडा कार्यालयको पहलमा आयोजनाको लागत तयार गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । “पालिकाबाट बजेट विनियोजन सम्भव नभएपछि उपभोक्ता समितिमार्फत प्रदेशको ध्यानाकर्षण गरेपछि बजेट विनियोजन भएको हो”, कँडेलले भने, “यो आयोजना निर्माण हुँदा १०० घरपरिवारले लाभ पाउन सक्छन् ।” सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले आयोजनामा प्राविधिक सहयोग गरेको डिभिजन इञ्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिए । बहुवर्षे पक्की नहरसहितको कार्यक्रम भए पनि पानी चलाएर आगामी वर्षबाटै उत्पादन लिने काम गरिने किसानको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार