अब बिना मास्क सडकमा निस्किए दुईघण्टा होल्डिङमा !
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १७:३८:२५
१३ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम उच्च भएपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड पालना नगरेको भन्दै मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडाइ गरेको हो ।
प्रहरीको मास्क खोई अभियान अन्तगर्त आज सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।
बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सचेत गराइएको कलंकी महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ । समाचार तयार पार्दासम्म कलंकी चोकमा त्यसरी बिना मास्क हिँड्ने २१ जनालाई होल्डिङमा राखेर छाडिएको छ ।
यसैबीच, मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकमा ‘होल्डिङ जोन’ बनाएको छ। कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार