शनिबार , जेठ १, २०७८

समता शैक्षिक गुठीलाई सनराइज बैंककाे नगद सहयोग

समता शैक्षिक गुठीलाई सनराइज बैंककाे नगद सहयोग

१६ वैशाख, काठमाडौं । सनराइज बैंक लिमिटेडले समता शैक्षिक गुठीलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई सहयोग गरेको जनाएको छ ।

गुठीले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७,००० भन्दा बढी विद्यार्थी लाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिदै आएको दावी गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले गुठीलाई रु ३ लाख सहयोग गरेको जनाएको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु ५०,००० का दरले हुने गरी कुल रु ३,००,००० सहयोग गरेको जनाकारी दिएको हो ।

गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई रु ३,००,००० को चेक हस्तान्तरण गरेकी हुन् । उनले गुठीले गरेको कामको प्रशंसा गरन् ।

यस्तै गुठीका दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्दै जाने बताएका थिए ।

सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी काभीड १९ को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? ५ दिन पहिले
पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ सार्वजनिक पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ सार्वजनिक ४ हप्ता पहिले
मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? २ हप्ता पहिले
दुई दशकपछि मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै दुई दशकपछि मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै ३ हप्ता पहिले
बेनी–जोमसोम सडकमा कालोपत्रेका लागि बिछ्याइएको बिटुमिन बेनी–जोमसोम सडकमा कालोपत्रेका लागि बिछ्याइएको बिटुमिन १ हप्ता पहिले
सिन्धुलीमा संक्रमित वृद्धाको मृत्यु सिन्धुलीमा संक्रमित वृद्धाको मृत्यु २ हप्ता पहिले
समता लघुवित्तको ३ लाख ८२ हजार बोनस शेयर नेप्सेमा सूचीकृत समता लघुवित्तको ३ लाख ८२ हजार बोनस शेयर नेप्सेमा सूचीकृत २ हप्ता पहिले
आकर्षक धरहरा चढ्दा आइफल टावर चढेजस्तै भयो: ओली आकर्षक धरहरा चढ्दा आइफल टावर चढेजस्तै भयो: ओली ३ हप्ता पहिले