मंगलबार , जेठ ४, २०७८

निशान भट्टराईको गाजल लिपिक्कै

निशान भट्टराईको गाजल लिपिक्कै

गायक निशान भट्टराईको आवाजमा नयाँ गित ‘गाजल लिपिक्कै’ रिलिज भएको छ । ‘चट्ट कपाल कोरेर’ र ‘माया पलायो’ गीत सार्वजनिक गरेको केही समयपछि धनकुटा खबरले नृत्यमा आधारित ‘गाजल लिपिक्कै’ पनि रिलिज गरेको हो ।

उक्त गितको भिडियोलाई संसारीमाई सिमसार क्षेत्र पाख्रीबास तालतलैयास्थित ह्याङआउट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । त्यस्तै, यस गितको रिङब्याक टोनका लागि सीआरबीटी र पीआरबीटीसमेत एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर राईले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीबासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गितलाई एमके निरौलाले संगीतबद्ध गरेका छन् । साथै, उक्त गितमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ, भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन् ।

सार्वजनिक गितको भिडियोमा सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेलको दमदार अभिनय रहेको छ । त्यस्तै, गीतको भिडियोमा करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको पनि अभिनय रहेको छ ।

प्रनेश राई ‘यात्री ब्रोज’ले क्यामेरामा कैद गरेका भिडियोमा सुमन योगीको नृत्य निर्देशन रहेको छ । अघिल्ला गितहरुलाई जस्तै यस गितलाई पनि दर्शक र श्रोताले सकारात्मक प्रतिक्रिया दिने उत्पादक टिमले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील २३ घण्टा पहिले
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने १९ घण्टा पहिले
कोभिडविरूद्धको भेरोसेल खोप लगाउँदै नागरिक कोभिडविरूद्धको भेरोसेल खोप लगाउँदै नागरिक २१ घण्टा पहिले
केन्द्रीय बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल बिक्री गर्ने केन्द्रीय बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल बिक्री गर्ने २२ घण्टा पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य २ घण्टा पहिले
कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे १३ घण्टा पहिले
निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग २० घण्टा पहिले
बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! १ मिनेट पहिले