मंगलबार , जेठ ४, २०७८

भद्रपुर–काठमाडौं हवाई भाडादर इतिहासमै सबैभन्दा सस्तो

भद्रपुर–काठमाडौं हवाई भाडादर इतिहासमै सबैभन्दा सस्तो

१८ वैशाख, झापा । झापाको भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौंको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ । “कोरोनाको संक्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ”, खनालले भने, “काठमाडौंबाट आउनेहरुको भने चाप बढेको छ ।” काठमाडौंबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो । २०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै रु एक हजार ७८० मा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भने, “भद्रपुर–काठमाडौँ रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।”

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौं रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौंबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौंको भाडादर घटाएर रु एक हजार ६०० सम्म पु¥याउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय