मंगलबार , जेठ ४, २०७८

लुम्विनीमा कोरोना संक्रमणको दर भयावह बन्दै

लुम्विनीमा कोरोना संक्रमणको दर भयावह बन्दै

२० बैशाख, काठमाडौं । लुम्विनी प्रदेशमा कोरोना संक्रमणको दर डरलाग्दो देखिएको छ। । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा गएको एकसातामा मात्र २३३ प्रतिशतले संक्रमण दर बढेको छ ।

वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा मुलुकमा कोरोना  संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर देखिएको छ । यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९५ नयाँ संक्रमित फेला परेका छन् ।

आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय