शनिबार , जेठ १, २०७८

एफसी लिगको शीर्ष स्थानमा बुटवल

एफसी लिगको शीर्ष स्थानमा बुटवल

२१ वैशाख,काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ । काठमाडौँसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो ।

यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ । काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो ।

बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

घोराहीमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ घोराहीमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ ४ हप्ता पहिले
तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक ३ हप्ता पहिले
आईएलओको पैसामा एमाले भातृसंस्थाको मस्ती, को-को परे कारवाहीमा ? आईएलओको पैसामा एमाले भातृसंस्थाको मस्ती, को-को परे कारवाहीमा ? ४ हप्ता पहिले
सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित २ हप्ता पहिले
सर्वसाधारणको लागि दुई कम्पनीले २३ लाख कित्ता आईपीओ निष्कासन गर्दै सर्वसाधारणको लागि दुई कम्पनीले २३ लाख कित्ता आईपीओ निष्कासन गर्दै ३ दिन पहिले
मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो २ दिन पहिले
अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन ३ हप्ता पहिले
तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार, पुरा हाेला त सपना ? तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार, पुरा हाेला त सपना ? ४ हप्ता पहिले