ओलीको विकल्प खोजौं
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २१:१६:९
सम्पादकीय
२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पर्सी प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने अन्तिम कसरत गरिरहेका छन् । तर परिस्थिति उनको प्रतिकूल बन्दैछ । उनको भरोसा भनेको पार्टीको माधव नेपाल पक्षको साथ र जनता समाजवादी पार्टीका महन्थ ठाकुरको समर्थनप्रति थियो ।
तर अहिलेसम्मको परिवेश हेर्दा उनको दुबैतिरको आशामा तुषारापात भएको छ । नेपाल पक्षले ओलीलाई बिना सर्त साथ नदिने लगभग निश्चित भएको छ भने जसपाले पनि ओलीलाई समर्थन गर्ने आधार कमजोर बन्दैछ ।
जसपाको महन्थ पक्षकै नेताहरु विभाजित भएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो , शरत्सिंह भण्डारी र राजकिशोर यादव अब ठाकुरले भने जसरी ओलीलाई समर्थन नगर्ने निचोडमा पुगेका छन् । यसरी दुबैतिरबाट निराशाको वातावरण बनेपछि ओलीको ध्याउन्न जसरी भएपनि वैकल्पिक सरकार नबनोस् भन्नेमै केन्द्रित छ ।
यद्यपि ओलीले नेपाल पक्षका दोस्रो तहका नेतालाई आफूतिर तान्ने प्रयास भने गरिरहेका छन् । त्यसका लागि उनले आफैं र निकट सहयोगीहरुमार्फत निरन्तर छलफल चलाएका छन् । प्रधानमन्त्री ओलीको पहिलो हार हिजै भइसकेको छ । बाग्मती प्रदेशतर्फको राष्ट्रिय सभा सदस्यमा उनी रामबहादुर थापा बादललाई जसरी भएपनि ल्याउन चाहन्थे । त्यसका लागि ओलीले माधव पक्षसँग केही लचिलो भएको नाटक समेत गरे । यसका लागि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै प्रयोग गरे ।
तैपनि उनी वैकल्पिक सरकार बन्न नदिएर फेरि प्रतिनिधिसभा विघटन नै गर्न चाहन्छन् । त्यसैको तयारी अहिले उनी गर्दैछन् । त्यसलाई रोक्न ओलीविरुद्ध भोलिसम्म अविश्वास प्रस्ताव दर्ता हुनुपर्छ । नत्र ओलीले सबै तारतम्य मिलाएरै फेरि चुनाव घोषणा गर्ने छन् । यद्यपि यथास्थितिमा चुनाव हुने अवस्था भने देखिंदैन । घोषणा गर्ने तर चुनाव नगर्ने अवस्था नआउला भन्न सकिन्न ।
यति गर्दासमेत ओलीको अभिष्ट पूरा भने हुन सकेन । त्यसैले उनले हार्ने निश्चित भइसक्दासमेत बादललाई हेलिकोप्टर चढाएर हिजो मनोनयनपत्र दाखिल गर्न हेटाैंडा पठाए । जेठ ६ गते हुने निर्वाचनमा बादल हार्ने लगभग निश्चित छ । किनभने यो प्रदेशमा एमालेको माधव नेपाल निकट डा. खिमलाल देवकोटा विपक्षीहरुका साझा उमेदवार बनेका छन् । एमालेकै धेरै भोट बादललाई नजाने अवस्थामा निश्चित रुपमा उनको पराजय हुने अवस्था छ ।
तर ओली भने अझै पनि माधव नेपाललाई गलाउने दाउ खोज्दैछन् । त्यसका लागि उनले माधव पक्षका दोस्रो तहका केही नेताहरुसँग निरन्तर छलफल चलाइरहेका छन् । घनश्याम भूषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग ओली पक्षका विष्णु पौडेल, सुभाषचन्द्र नेम्बाङहरु वार्ता गरिरहेका छन् ।
सँगसँगै ओली आफ्नो चाहना जसरी पनि पूरा गर्ने दाउमा अडिग देखिएका छन् । उनले भोलिका लागि संवैधानिक परिषदको बैठक डाकेका छन् । एकातिर माधव पक्षसँग छलफल चलाएको नाटक गर्ने अर्कातिर आफू निकटलाई बलजफ्ती गररै भएपनि संवैधानिक निकायमा भर्ती गर्ने चाल चलेका छन् । यो चाल बुझेरै नेता नेपाल ओलीको भूलभुलैयामा नपर्ने भएका हुन् । संसद छलेर अध्यादेशमार्फत उनी शासन चलाउन चाहन्छन् । त्यसको प्रतिवाद गर्दै नेता नेपालले विरोध गरिसकेका छन् ।
यसैबाट पनि प्रष्ट हुन्छ, प्रधानमन्त्री ओली नेपाल पक्षलाई स्पेस दिन चाहँदैन । अहिलेको बेला हतार गरेर संवैधानिक परिषद बैठक बस्नु कत्तिको उचित र औचित्यपूर्ण होला ? उक्त बैठकमा प्रतिपक्षी दलका नेता र सभामुख नजाने अडानमा छन् । प्रधानन्यायाधीश जान मिल्दैन । किनभने अध्यादेशमार्फत यसअघि गरिएको नियुक्तिबारे सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन छ । आफैं विरुद्ध परेको रिटको निरुपण नभई फेरि बैठकमा जानु संवैधानिक र नैतिक दुबै रुपमा प्रधानन्यायाधीशले मिल्दैन । त्यसैले गणपुरक नै नभई नियुक्ति गर्न खोजिएको हो भने त्यसले अर्काे विवाद निम्त्याउँछ ।
ओलीको अभिष्ट पूरा गर्ने आधार विस्तारै खुम्चँदै गएको आभास भएको छ । तैपनि उनी वैकल्पिक सरकार बन्न नदिएर फेरि प्रतिनिधिसभा विघटन नै गर्न चाहन्छन् । त्यसैको तयारी अहिले उनी गर्दैछन् । त्यसलाई रोक्न ओलीविरुद्ध भोलिसम्म अविश्वास प्रस्ताव दर्ता हुनुपर्छ । नत्र ओलीले सबै तारतम्य मिलाएरै फेरि चुनाव घोषणा गर्ने छन् । यद्यपि यथास्थितिमा चुनाव हुने अवस्था भने देखिंदैन । घोषणा गर्ने तर चुनाव नगर्ने अवस्था नआउला भन्न सकिन्न ।
त्यसैले पनि यस्तो संवैधानिक भ्याकुम नआओस् भन्नाका लागि ओलीको विकल्पमा विपक्षी दलहरुले नयाँ सरकार बनाउने पहल थाल्नुपर्छ ।यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अलि बढी सक्रिय हुनु आवश्यक छ । साथै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत ओली विरुद्धको अभियानलाई प्रभावकारी बनाउन थप सक्रिय हुनुपर्ने छ । कमसे कम माधव पक्ष र जसपालाई अविश्वास प्रस्ताव पास गराउने विश्वास दिलाउने गरी पहलको थालनी गर्न अब ढिला नगरौं । नत्र फेरि पनि ओलीको निरंकुशतन्त्र अनन्त बन्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बेलासपुरमा रहेको ऐतिहासिक बेलासपुर मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित
जेठ १, २०८१ मंगलबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार