डडेल्धुरामा १६ शय्याको आइसोलेशन बनाइने
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १६:२८:३७
२६ वैशाख,अमरगढी । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ ।
डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ शय्याको आइसोलेशन व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुग्नुभएका सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आइसोलेशन शय्या कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेशन निर्माणका लागि जिल्लास्थित सरोकारवालासँग छलफल गरेका थिए ।
शनिबार कोरोना महामारीको संक्रमणका साथै महामारीबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि डडेल्धुरास्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र घटालबाबा मन्दिरमा पुगेर सङ्कल्प पूजा गर्नुभएका मल्ल दिउँसो डडेल्धुरा अस्पताल पुगेका थिए । अस्पतालमा पुगेर कोरोना संक्रमित बिरामीसँग भेटघाट गर्नुभएका प्रदेशसभा सदस्य मल्लले अस्पताल प्रशासनसँगै जिल्लास्थित सरोकारवालासँग छलफल गरेपछि तत्काल रेडक्रस भवनमा अक्सिजन दिएर उपचार गर्न सकिने १६ शय्याको आइसोलेशन निर्माण गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, स्वास्थ्य कार्यालय डडेल्धुरा प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल, डडेल्धुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेण्ट डा जगदीशचन्द्र विष्टसहित जिल्लास्तरीय सरोकारवालासँग छलफलपछि डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने अक्सिजनको सहज आपूर्तिका लागि पहल गर्ने निर्णयसमेत गरिएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका मल्लले कोरोना संक्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकका लागि नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमार्फत खाना, आवासको प्रबन्ध गर्न सकिने र कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आइसोलेशन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए । विगतमा स्थानीय तहले कोरोना महामारी व्यवस्थापनमा देखाएको सक्रियताका कारण छोटो समयमै महामारी नियन्त्रणमा आएको चर्चा गर्दै मल्लले जिल्लाका सातवटै स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था सबैले राजनीतिक विचारधाराबाट माथि उठेर कोरोना महामारी नियन्त्रणका लागि सक्दो सहयोग गर्नुपर्ने औंल्याए ।
रेडक्रस भवनमा निर्माण हुने आइसोलेशनको व्यवस्थापनका लागि सबै सरोकारवालाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस डडेल्धुराद्वारा गठित सेवा दललाई देशविदेशबाट सहयोग हुन थालेको र मानवीय सेवाको भावना भएका मनकारी मानिस सेवा दलसँग जोडिन पुगेकाले सेवा दलले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि सक्दो पहल गर्ने मल्लले जानकारी दिए । सेवा दलमा सम्बद्ध सबै स्वयंसेवकका साथै सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।
सत्तारुढ नेकपा ९एमाले० डडेल्धुराका अध्यक्ष प्रकाश साउदसमेत कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सका साथै महामारीका कारण अकाल मृत्यु भएका बिरामीको शव व्यवस्थापनमा समेत सघाइरेका छन् । जिल्लास्थित राजनीतिक दलहरुले कोरोना महामारी व्यवस्थापनमा अतुलनीय योगदान पु¥याइरहेको सहायक प्रजिअ अर्यालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार