विपक्षी गठबन्धन: भ्यागुताको धार्नी
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १८:३:३१
२९ बैशाख, काठमाडौं । प्रतिनिधिसभाले भोलिसम्म नयाँ प्रधानमन्त्री देला त ? अहिलेसम्मको परिस्थिति हेर्दा केपी ओलीको विकल्प दिने दुईवटा सम्भावना देखिन्छ । पहिलो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने , दोस्रो भनेको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर नयाँ प्रधानमन्त्री बन्ने ।
पहिलो सम्भावनाको कुरा गरौं । देउवा प्रधानमन्त्री बन्ने सन्दर्भ विस्तारै दुरुह देखिंदैछ । जसपाको महन्थ पक्षले कुनैपनि हालतमा नसघाउने भएपछि देउवाका लागि एकमात्र भर एमाले नेता माधव नेपाल रहेका छन् ।
नेपाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा नगरेसम्म देउवा नेतृत्वको सरकार बन्ने अवस्था छैन । यसका लागि देउवा भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी सकृय छन् । प्रचण्ड र नेपालबीच पटकपटक छलफल भएका छन् । नेपाल पक्ष पनि ओलीलाई विस्थापित गर्न तयार छ । तर राजनीतिक भविष्य सुरक्षित राख्न नेपाल पक्षले एउटा प्याकेज डिल गर्न खोजेको छ ।
ओली नेतृत्वको एमालेमा बस्दा राजनीतिक भविष्य अन्धकारमा धकेलिने निश्चित देखेपछि नेपाललगायत भीम रावल जस्ता नेता तत्कालै नयाँ पार्टी गठन गर्ने पक्षमा देखिएका छन् । यो अभियानमा नेता झलनाथ खनालको पनि साथ रहेको छ । साथै, बामदेव गौतम समेत यही पक्षमा आउने लगभग टुंगो लागिसकेको छ । पार्टीको नाम नेकपा समाजवादी राख्ने भन्ने विषय पनि सहमति भइसकेको बुझिएको छ । चुनाव चिह्न पनि सूर्यसँग मिल्दोजुल्दो माग्ने तयारी छ ।
तर समस्या भने भोलि ओलीसँग प्रतिस्पर्धा गर्न शक्ति सञ्चय गर्नु जरुरी छ । यसका लागि नेपाल पक्षीय नेताहरुले विपक्षी गठबन्धनसँग केही एसुरेन्स खोजेको छ । नेता नेपाल पक्षको पहिलो शर्त हो–देउवा प्रधानमन्त्री बन्ने नै भएपनि यो प्रतिनिधिसभाको पूरै कार्यकाल सरकार चल्नुपर्ने । दोस्रो शर्त छ–माओवादीबाट कारबाहीमा परेर निकालिएका चारवटा संसदीय उपनिर्वाचनमा नेपाल पक्षका साझा उम्मेदवार हुनुपर्ने । अर्थात, चारवटै संसदीय उपनिर्वाचनका उम्मेदवार नेपाल पक्षका रहने र विपक्षी गठबन्धनले सघाउनुपर्ने ।
तेस्रो शर्त यस्तो छ–अहिले २० जना प्रतिनिधिसभा सदस्यले राजीनामा दिएका स्थानमा पुन उनीहरुलाई नै विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएर जिताएर ल्याउनुपर्ने । त्यसो हुँदा ओलीसँग टक्कर लिएका सबै नेताको राजनीतिक भविष्य सुरक्षित रहने विश्वास नेपाल पक्षको रहेको छ । साथै, यसपछि हुने संसदीय निर्वाचनमा समेत गठबन्धनको सहकार्य हुनुपर्ने ।
अन्तिम शर्तका रुपमा नेपाल पक्षले उठाएको विषय हो, सरकार सञ्चालनमा आलोपालो । पहिलो एक वर्ष देउवा प्रधानमन्त्री रहने । यति भएपछि मात्र देउवाका लागि नेपाल पक्षले राजीनामा गर्ने भएको छ । यी सबै शर्त मानेर जाने वा नजाने भन्ने निर्णय देउवाले एक्लै दिन सक्ने अवस्था छैन । त्यसैले यसबारे फेरि पनि पार्टी भित्रै कुरा गर्नुपर्ने स्थिति रहेको छ । प्रचण्ड भने नेपालका शर्त मान्न तयार छन् । तर कांग्रेसले आनाकानी गरेकाले कुरा मिलेको छैन–नेपाल पक्षीय एक नेताले भने ।
यो विकल्प सहज छैन । त्यसैले ओलीको विकल्पमा अर्काे सरकार बनाउने हो भने जसपाकै नेता अझ ठाकुरलाई नै प्रधानमन्त्री स्वीकार्नुपर्ने बाध्यता विपक्षीहरुका अगाडि रहेको छ । यो विकल्पमा समेत प्रचण्ड तयार छन् । तर कांग्रेसले भने त्यसलाई स्वीकार्ने अवस्था देखिंदैन । त्यसैले भोलि साँझसम्म पनि ओलीको विपक्षमा गठबन्धन बन्ने आधार कमजोर देखिएको छ । सम्भवतः भोलि राति नै ओलीले संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार गठन गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार