रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादन घट्यो
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:५७:५६
२८ वैशाख,रुकुम । रुकुम–पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।
यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जनाएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताए ।
जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताए । जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जनाएको छ ।
सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।
पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार