जुम्लामा चामलको थप कोटा स्वीकृत
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:४७:५२
३१ वैशाख,खलङ्गा । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासोसँगै केन्द्रीय र प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत भएको हो । यसम्बन्धी सबै प्रक्रिया पूरा भएको छ । “अब १०÷१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ”, शाखाका प्रमुख सुनारले भने, “प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगञ्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार क्विन्टल चामल माग गरिएको छ । कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आउँदो दसैँ–तिहारमा पनि चामल अभाव हुने छैन ।”
नागरिकलाई कोरोना महामारीमा खाद्यको चामल अभाव नहोस् भनेर नै कम्पनीको जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित बिक्री गर्दै आएको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६५० क्विन्टल हो । यसमध्ये नौ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ ।
जुम्लाका लागि चार हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । दुई वटा डिपो गरी दुई हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख सुनारले बताए ।
जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख बढी जनसङ्ख्या छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी छ महिना यहाँका स्थानीयवासी खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार