पशुपतिमा दाउराको कमी नगर्न वनमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
जेठ २, २०७८ सोमबार ३:५:३३
२ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिए। कोरोना सङ्क्रमणका कारण दैनिक मृतको सङ्ख्या बढीरहेको छ ।
सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए। उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।
पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विण्टल दाउरा लाग्ने गरेको जानकारी दिए । उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विण्टल जती दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।”
उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार