आइतबार , असार ६, २०७८

निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग

निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग

३ जेठ,काठमाडौं । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय ः अनलाइन इजलास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष शेरबहादुर केसीले १३ वर्षअघिदेखि नै अनलाइन इजलास चलाउने बहस हुँदै आए पनि कार्यान्वयनमा नआएको बताए । कानून व्यवसाय र न्यासपालिकासँग सम्बन्धित संस्थाले राख्नुपर्ने कार्यक्रम फाउन्डेशनले गरेर बहस चलाएकाले महामारीका बेला यसलाई निष्कर्षमा लैजानुपर्ने विचार उनले राखे ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बन्द र खुला दुवै इजलास अनलाइन माध्यमबाट नै चलाउने व्यवस्था गरिनुपर्ने कानून व्यवसायीको माग छ । यो योजनलाई कार्यान्वयन गर्न सबैको सहयोगको आशासमेत गरिएको केसीको भनाइ थियो । एसोसिएशनका पूर्वमहासचिव सुनील पोखरेलले सुरक्षा र गोपनीयतालाई व्यवस्थित गरेर अनलाइन इजलास छिटो चलाउनुपर्नेमा जोड दिए ।

अधिवक्ता बाबुराम अर्यालले अनलाइन इजलास शुरु गरेपछि कमजोरी थाहा हुने र त्यसलाई सच्च्याउन पनि काम गर्न सकिने बताए । अनलाइन इजलास सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थाका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले जनताले शिक्षा, स्वास्थ्य र न्याय पाए भने देश समृद्ध हुने भएकाले महामारीमा पनि यसबाट नागरिकलाई वञ्चित गरिनु नहुने बताए । न्याय नपाएकै कारण मानसिकलगायत स्वास्थ्य समस्या आई जनशक्तिको क्षति हुने भएकाले यस विषयलाई महत्वकासाथ लिन उनले माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २ घण्टा पहिले
भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार ७ घण्टा पहिले
आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! ३ घण्टा पहिले
प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा ८ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु २ घण्टा पहिले
माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त १९ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] १३ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी ३ घण्टा पहिले