कति टिक्ला ओली सरकार ?
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २२:२१:१
३ जेठ, काठमाडाैं । नेपाली राजनीतिमा एउटा कहावत धेरै अघिदेखि प्रचलित छ– दक्षिणको दक्षिणा बिना सत्ता पाउनै मुश्किल, पाइहाले टिक्नै महाभारत । नभन्दै वैशाख २७ गते नेपाली जनताले प्रत्यक्ष नै अनुभूत गरे ।
दक्षिणको आशीर्वाद पाएको भन्ने आरोप लाग्ने गरेको जनता समाजवादी पार्टीको एउटा समूह खुलेरै प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्यो ।फागुन ११ गते विघटित प्रतिनिधिसभा पुनस्थापना भएलगत्तै तत्कालिन नेकपा अध्यक्षसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको नेतृत्व लिन आग्रह गरे । तर देउवाले चासो दिएनन् ।
धेरैले अचम्म्र माने–मुखैमा आएको प्रधानमन्त्री पद स्वीकार्न देउवा किन हच्किएका होलान् ? देउवा आफू निकटहरुसँग भन्थे–आगामी चुनावसम्म उता (भारत)ले ओलीलाई हटाउनै चाहेको छैन, किन यो झण्झटमा फस्ने ? जब उनलाई एमाले कै माधव नेपाल स्वयंले ओलीको विकल्प दिन आफू जस्तोसुकै बलिदानी दिन तयार रहेको बताए अनि मात्रै देउवा नयाँ समीकरण बनाउन तम्सिएका थिए । तर नेपालको पनि चाल त सबैले बुझे अब । खासगरी प्रचण्ड बढी प्रताडित भएका छन्–माधव नेपालको द्वैध चरित्र देखेर ।
खैर , देउवाको बुझाई फेरि पनि के बन्यो भने सबै मिलेर दक्षिणकै सेवा गरेका छन् । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोले जसरी नांगो भएर ओलीको पक्षमा माहोल बनाए त्यसको अर्थ त प्रष्टै छ की भारतकै चाहनामा उनीहरुले आफ्नो भूमिका निर्वाह गरे ।
देउवाको मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्डले पनि त्यस्तै अभिव्यक्ति दिएका थिए । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै प्रचण्डले पनि सार्वजनिक रुपमै भनेका थिए–दक्षिणलाई समेत कम्फर्टेबल सरकार बनाउँदै छौं । तर उनले त्यो कम्फर्टको परिवेश भने बनाउन सकेनन् । बरु उनका राजनीतिक प्रतिस्पर्धी ओलीले नै फेरि पनि बाजी मारे ।
ओलीको पक्षमा जसपाको यो समूहले जस्तो गतिविधि ग¥यो त्यसले दिएको सन्देश प्रष्टै छ– दक्षिणको लागि ओली अझै कम्फर्टेबल छन् ।त्यसैले फेरि पनि ओलीकै पक्षमा केही समय वातावरण तयार हुने छ । अल्पमतको सरकार बनाएका ओलीलाई जसपाको ठाकुर–महतो समूहले साथ र समर्थन गर्दा बाँकी डेढ वर्ष सत्ता चलाउन सक्नेछन् । तर ओलीलाई लामो समय सत्तामा राख्न चाहेको हो वा अर्ली इलेक्सनसम्म मात्रै त्यो भने आउने केही दिनमै थाहा हुने छ ।
अल्पमतको सरकार बनाएको ३० दिन भित्र ओलीले फेरि विश्वासको मत लिनुपर्छ । त्यतिखेर जसपाको त्यो समूहले कस्तो निर्णय लिन्छ त्यसैमा धेरै विषयले खुलासा गर्छ । ओली त यही जेठको ६ गते विश्वासको मत लिन चाहन्थे । त्यसको तयारी थालिएको पनि हो । तर ठाकुर पक्षले तत्काल आफ्नो समर्थन नरहने जानकारी गराएकाले ओली हच्किएका हुन् । आफ्ना सबै माग पूरा गरेपछि मात्रै ओलीलाई समर्थन गर्ने ठाकुर पक्षले बार्गेनिङ गर्दैछ ।
स्रोत भन्छ–ओली सरकारमा जाने र समर्थन गर्ने भन्दा पनि आफूहरुले उठाएका मुद्धामा सकारात्मक निर्णय होस् भन्ने मात्रै उनीहरुको चाहना हो । यसले आगामी चुनावमा राजनीतिक फाइदा हुने उनीहरुको ठम्याई छ । यसबारे ओली पनि जानकार छन् । उनी पनि अब ठाकुरहरुको समर्थन भन्दा सद्भाव मात्रै रहोस् भन्ने चाहन्छन् । किनभने ओली अर्ली इलेक्सन गरेर पहिला गरेको गल्तीलाई सही साबित गर्न चाहन्छन् । त्यसका लागि ठाकुरको समर्थन नभएपनि हुन्छ । तर दक्षिणको चाहना विपरित जान सक्ने सामथ्र्य ओलीसँग छैन ।
भारतको चाहना नेपालमा बलियो कम्युनिष्ट पार्टी रहोस् भन्ने पक्कै छैन । त्यसका लागि उसले एमाले भित्रै पनि दुई पक्षबीच बेमेल होस् नै भन्ने चाहन्छ । तैपनि दुई पक्ष मध्ये ओलीसँग धेरै अर्थमा सहकार्य गर्न सकिने ठम्याई भारतीय पक्षको रहेको छ । त्यसैले सत्तामै पुग्न सक्ने तर पूर्ण वहुमत चाहिं नभएको एमाले उसले चाहेको बुझिन्छ । त्यसैले बाँकी कार्यकाल पूरा गर्न दिने भन्दा ओलीलाई अर्ली इलेक्सनतिरै लैजाने चाहना भारतको रहेको बुझ्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार