विदेश भ्रमणमा गएकालाई स्वदेश फर्कने वातावरण बनाउन माग
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २१:३७:१६
५ जेठ,काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् । “नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई÷तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना संक्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ । चार्टर उडानमा अत्यधिक हवाई भाडा महङ्गो भएको भन्दै नाट्टाले अन्तरराष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
औँसा कीरा व्यवस्थापनका लागि जुनारमा प्रोटिन–वेट छिट्न सुरु
बैशाख २४, २०८१ सोमबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार