हिउँ पहिरोमा परी यार्सा सङ्कलक वेपत्ता
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:२५:४१
९ जेठ,दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।
हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन”, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भने, “गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन ।”
घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिए । घटनाको विस्तृत विवरण आएको छैन । अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन् ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो । सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार