शुक्रबार , असार ११, २०७८

केन्द्रीय बैंकले २ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याजदर कति ?

केन्द्रीय बैंकले २ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याजदर कति ?

१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८३ विक्री गर्ने भएको छ। राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

बचतपत्रमा जेठ ११ गतेदेखि असार १ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । जसको निष्काशन असार ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८३ असार ६ गते हुने छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।

उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ ।

सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय