शुक्रबार , असार ११, २०७८

महालक्ष्मीले ल्यायाे आकर्षक ब्याजदरको वैभब बचत खाता

महालक्ष्मीले ल्यायाे आकर्षक ब्याजदरको वैभब बचत खाता

१० जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले आकर्षक ब्याजदरको वैभब बचत खाता ल्याएको छ । बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको हो ।

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको हो ।

त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै Connect IPS को सुविधा पनि रहेको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको महालक्ष्मी विकास बैंक लि.का प्रवक्ता दिपेश लम्साल बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय