शुक्रबार , असार ११, २०७८

केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै

केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो।

बिहीबार निष्काशन हुने विकास ऋणपत्र २०८३ ’घ’ को अवधि ५ वर्ष रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले जेठ ११ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही जेठ १३ गते निष्काशन हुनेछ भने २०८३ जेठ १३ गते गते साँवा भुक्तानी हुनेछ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा ७४ दिन यताकै सब भन्दा कम कोरोना संक्रमित भारतमा ७४ दिन यताकै सब भन्दा कम कोरोना संक्रमित २ हप्ता पहिले
मुख्यमन्त्री पोख्रेलले बहुमतसहित विश्वासको मत पाए मुख्यमन्त्री पोख्रेलले बहुमतसहित विश्वासको मत पाए ७ दिन पहिले
कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप ४ दिन पहिले
चार वाणिज्य बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? चार वाणिज्य बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? ३ हप्ता पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश ५ दिन पहिले
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, बुधबारसम्म आवेदन दिन सकिने ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, बुधबारसम्म आवेदन दिन सकिने ३ हप्ता पहिले
जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग ४ हप्ता पहिले
सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया ७ दिन पहिले