स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १८:४८:४०
११ जेठ,बागलुङ । सीमित स्रोत साधनका बावजुत पनि यहाँका स्थानीय तह कोरोना महामारीकाविरुद्ध जुधिरहेका छन् । संक्रमण रोक्न स्वास्थ्य सचेतना फैलाउनेदेखि रोकथाम र उपचारमा आफ्नो बुताले भ्याएसम्म लागिपरेका छन् । गाउँ–गाउँमा संक्रमण तीव्र बनेपछि सुविधायुक्त आइसोलेशन निर्माणमा स्थानीय तहसँग देश विदेशका सहयोगी संस्था र व्यक्तिले समेत हातेमालो गरिरहेका छन् । बडिगाड गाउँपालिकाले सोमबारदेखि अक्सिजनसहित १० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा ल्याएको छ ।
आइसोलेशनमा आठ वटा कन्सन्ट्रेटर, ठूलो–सानो गरी २४ वटा अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणी कँडेलले जानकारी दिए । “आइसोलेशन त पहिले नै बनेको हो, अक्सिजनसहित सुविधा अहिले थप भएको छ”, उनले भने, “अब अक्सिजन चाहिने संक्रमितको उपचार यहीँ हुन्छ ।”
उच्च मात्रामा अक्सिजन चाहिने जटिल अवस्थाका संक्रमितलाई भने अस्पताल पठाइने प्रमुख कँडेलले बताए । स्थानीय त्रिभुवन नमुना माध्यमिक विद्यालयमा सञ्चालित उक्त आइसोलेशन केन्द्रमा एक जना मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मी र सहयोगी खटिएका छन् ।
संक्रमितलाई आइसोलेशनसम्म ल्याउन र अस्पताल पठाउनुपर्ने भएमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । अक्सिजन सिलिण्डर, शय्यालगायत स्वास्थ्य सामग्री खरिदका लागि प्रवासमा रहेका बडिगाडवासीले रु १३ लाखबढी आर्थिक सहयोग गरेका थिए ।
समुदायमा संक्रमण फैलिएर मानिसको ज्यानै जान थालेपछि उपकरण र स्वास्थ्य सामग्रीको जोहोका लागि आर्थिक अभियान नै चलेको थियो । बडिगाड–४, २, ५ र ७ मा कोरोना संक्रमण बढी छ । दश दिनको अन्तरालमा वडा नं ४ का चार जनाले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको थियो ।
“हाल गाउँपालिकाभरिमा ३० जना सक्रिय संक्रमित छन्,संक्रमण फैलने क्रम रहे पनि नियन्त्रणबाहिर भने छैन”, प्रमुख कँडेलले भने, “अझैँ दुई सातासम्म कडाइ गरियो भने महामारी रोकथाममा धेरै सुधार हुने देखिन्छ ।” गत वैशाख दोस्रो सातातिर भएका विवाहका कारण जलजलालगायत गाउँमा संक्रमण फैलिएको थियो ।
अस्पतालमा शय्या र अक्सिजन पाउनै कठिन हुनथालेपछि स्थानीय तहले अक्सिजनसहित आइसोलेशन निर्माणमा जुटेका हुन् । ताराखोला गाउँपालिकामा पनि १५ शय्याको अक्सिजनजडित आइसोलेशनकक्ष सञ्चालित छ । ताराखोलामा हाल सात जना मात्र सक्रिय संक्रमित रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए ।
जेठ भित्रमा ताराखोलालाई शून्य संक्रमणमा पु¥याउने लक्ष्यसहित रोकथाम र नियन्त्रणका काममा लागिएको उनको भनाइ छ । जिल्लाका अन्य स्थानीय तहले पनि आइसोलेशनलाई सुविधायुक्त बनाउँदै लगेका छन् । दोस्रो लहरको कोरोना तीव्ररुपमा फैलने र संक्रमितमा स्वासप्रस्वासको समस्या बढी देखिन थालेपछि अक्सिजन चाहिन थालेको हो ।
जिल्लामा दैनिक सयको हाराकारीमा संक्रमित थपिने गरेका छन् । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार आइतबारसम्मको आँकडाअनुसार जिल्लामा सक्रिय संक्रमितको ७८८ छ । समुदायस्तरमा व्यापकरूपमा कोरोना फैलिएको उनको भनाइ छ ।
परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिसतसम्ममा कोरोना संक्रमण पुष्टि हुने गरेको प्रमुख गुरौले बताए । “निषेधाज्ञाले संक्रमण अनियन्त्रित हुन पाएको छैन, फैलने क्रम केही कम हुँदै गएको देखिन्छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सुक्ष्म योजना बनाएर काम थालेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार