सुदूरमा महिलाभन्दा पुरुष दोब्बर कोरोना संक्रमित
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २३:५२:०
१२ जेठ,महेन्द्रनगर । कोरोना संक्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी संक्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष संक्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०।७९ प्रतिशत छन् ।
निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले केही दिनयता संक्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताए । “संक्रमणदर घट्दै गएपनि हामीले स्वास्थ्य सर्तकता अप्नाउन छाडे पुनः महामारीको रुप लिन सक्छ”, उनले भने, “यो आफू पनि बाच्ने र अरुलाई पनि बचाउनुपर्ने बेला हो ।”
उनले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताए । “ प्रदेश सरकारले २० हजार किट खरिद प्रक्रिया अघि बढाएको छ”, उनले भने, “ केन्द्रबाट पनि सुदूरपश्चिमलाई आवश्यक किट पठाउने तयारी गरेको खबर छ ।” उनले प्रदेश सरकारले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनटटे«र सबै पालिकासम्म पु¥याउने तयारी गरिरहेको बताए ।
त्यसैगरी सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी यहाँ सक्रिय संक्रमित रहेका छन् । यहाँ १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने संक्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिममा नौ वर्ष मूनिका एक हजार ४९ जना बालबालिकामा समेत संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । २५ लाख भन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य उपकरणको अवस्था भने अझै नाजुक रहेको छ ।
सुदूरपश्चिममा हालसम्म ३४ वटा मात्रै भेन्टिलेटर सहितको सघन स्वास्थ्य सुविधा रहेको छ । प्रादेशिक अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थासम्म गरी यहाँ ६३ आइसियु शय्या र १५४ एचडियु शय्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यहाँ हालसम्म १ लाख ७५ हजार सात सयको पिसिआर विधिबाट कोरोना परीक्षण हुँदा ३ हजार नौ सय ७८ जना संक्रमित देखिएका छन् । कोरोना संक्रमणबाट मङ्गलबार सुदूरपश्चिममा कैलालीमा पाँचसहित नौ जनाको मृत्यु भएको थियो । कञ्चनपुर र कैलालीसहित यहाँ भारतसित आवागमन हुने पाँच वटा नाकाबाट पछिल्लो समय दैनिक तीन देखि पाँच सय नेपालीहरु स्वदेश फर्किरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार