प्राकृतिक तातोपानी कुण्डको पूर्वाधार निर्माण
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १९:३९:४६
१३ जेठ,म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए ।
“प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ”, उनले भने, “पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।”
रु २५ लाख लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगङ्गा निर्माण सेवाले रु १७ लाख ७४ हजार ९५८ मा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताए । यसैगरी पाउद्धार तातोपानी कुण्डमा पनि दुईवटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । पिसिसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । रु २० लाख लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बिएनबी कन्ट्रक्शनले रु १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जीनियर भण्डारीले बताए । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् ।
समितिका अध्यक्ष रुमलाल पुनले नयाँ टहरा, सानो पोखरी, विश्रामस्थल, शौचालय र पोखरीको भुइँमा ढुङ्गा बिछ्याइएको बताए । समितिको कोषमा रहेको रकम र यस वर्ष पुसदेखि चैतसम्म स्नानका लागि आएकाबाट जुटाएको सहयोग गरी रु छ लाख बराबरको काम गरिएको अध्यक्ष पुनले जानकारी दिए ।
रातोपानी र पाउद्धारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, गानोगोलालगायत समस्या भएका बिरामीको उपचारका लागि यहाँका तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन् । टहरा र पोखरी भएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको छ । खुला ठाउँमा स्नान गर्दा तथा झरी पर्दा रुझाउने र गर्मीमा घामले पोल्ने समस्या थियो । पोखरीमा शरीर डुबाएर स्नान गर्न पनि सहज भएको छ । तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । भुरुङ तातोपानी कुण्ड पर्यटकीयस्थलका रूपमा परिचित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार