भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २२:८:५६
१८ जेठ, नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।
भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख ३१ हजार ८९५ जनाको ज्यान गएको छ ।
भारतमा हाल कोभिड–१९ का १८ लाख ९५ हजार ५२० व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा सक्रिय संक्रमित २० लाख भन्दा कम भएको ४३ दिन यताको पहिलो पटक हो । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । विगत २४ घण्टामा २ लाख ५५ हजार २८७ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ ।
भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २५७ व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६३८ डोज खोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार