मंगलबार , असार ८, २०७८

लाइफलाइनमा उपचाररत ३ संक्रमितको मृत्यु

लाइफलाइनमा उपचाररत ३ संक्रमितको मृत्यु

२१ जेठ,दमक । दमकको लाइफलाइन अस्पतालमा कोरोना संक्रमणबाट तीन संक्रमितको ज्यान गएको छ । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना संक्रमित उपचाररत छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ संक्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय